हैजा सम्बन्धि जानकारी

Published on: 2019-05-09

मिति: २०७६-०१-२६   

हैजा संक्रमण देखिएको ठाउँबाट संकलन गरिएको पानीको नमुना परिक्षणको नतिजा :  

काठमाडौँ महानगरपालिका वडा न १३, हैजा संक्रमित बिरामीको घरबाट ल्याईएको ३ वटा पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतीजामा ३ वटै पानीमा प्रसस्त मात्रामा Coliform भेटिएको र पानीमा हैजाको जीवाणु नभेटिएको ।

 

मिति: २०७६-०१-२४ ,दिउसो ४:०० बजे

- काठमाडौँ महानगरपालिका वडा न. १३ निवासी, ४५ बर्षीय पुरुष झाडापखालाको बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचारको लागी मिति २०७६-०१-१७ गते भर्ना भएको ।

- उक्त बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा मिति २०७६-०१-२२ गते हैजा प्रमाणित भएको ।

- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट उक्त बिरामीको घर गई स्थलगत निरिक्षण गरेको र बिरामीको स्थिती बुझ्दा सामान्य रहेको र अन्य परिवारका कुनै पनि सदस्यमा झाडापखाला नदेखिएको ।

- बिरामीको घरबाट विभिन्न स्रोतका ३ वटा पानीको नमुना संकलन गरी पानीको परिक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगीएको र परीक्षणको नतिजा आउन बाँकी ।

- हाल स्थिति सामान्य रहेको ।

Latest Publications

eventimg

Jan 2

Rapid Response Team Guideline, 2079

द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालन सम्बन्धी निर्देशिका, २०७९

Read More
Rapid Response Team Guideline, 2079
eventimg

Dec 11

National Standard on Assistive Technology (2078)

सहायक प्रविधि सामग्री सेवा सम्बन्धी राष्ट्रिय मापदण्ड (२०७८)

Read More
National Standard on Assistive Technology (2078)
eventimg

Dec 11

Operational Guideline for the Priority Assistive Product List

प्राथमिक सहायक सामाग्री सूचि सम्बन्धी कार्यसञ्चालनका लागि मार्ग निर्देशन २०७८

Read More
Operational Guideline for the Priority Assistive Product List