गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट आज मिति २०७६।०१।२० गते प्राप्त रिपोर्ट अनुसार
- गुल्मी जिल्लाको मुसिकोटमा नगरपलिका वडा न ४, दजाकोटमाबाट ४ वटा पानीको नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा ४ वटै पानीमा प्रशस्त मात्रामा Coliform देखिएको र त्यसै गरी ४ वटा बिरामीहरुको दिसाको नमूना परिक्षण गर्दा १ जनामा Shigella flexneri भेटिएको ।
गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१८, दिउसो ४:00 बजे)
- गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोट मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको ।
- मिति २०७६/०१/१७ देखि आज मिति २०७६/०१/१८ सम्ममा कुनैपनि थप नयाँ झाडापखालाक बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।
गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखालाको पछिल्लो अवस्था (मिति २०७६/०१/१७, दिउसो
१:४५ बजे)
- गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दजाकोटमा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको ।
- आज मिति २०७६/०१/१७ मा कुनैपनि थप नयाँ झाडापखालाक बिरामी नभएको र स्थिती नियन्त्रणमा रहेको जानकारी प्राप्त भएको ।
मिति २०७६/०१/१६ को ६:३० बजे साझ सम्मको पछिल्लो अवस्था:
- गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न ४ दाजकोट मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९३ जना बिरामीहरुको उपचार भएको ।
- ती मध्ये जम्मा १८५ जना झाडापखालाका बिरामी रहेका ।
- १ जना नँया बिरामी को आज मिति २०७६/०१/१६ उपचार गरिएको जानकारी प्राप्त ।
- ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आज मिति २०७६/०१/१६ ल्याएर परिक्षण हुँदै गरेको ।
- आज मिति २०७६/०१/१६ गते खानेपानी तथा ढल निकास बिभाग, काठमाडौँ बाट ल्याबका टोलिले मुसिकोट नगरपालिका वडा न ४ दाजकोटमा पुगी ४ वटा पानी को नमुना संकलन गरि परिक्षणको लागि काठमाडौँ ल्याईएको जानकारी प्राप्त ।
- आजै स्थानीय, जिल्ला र केन्द्रवटा परिचालित टोलिले महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय लाई सरसाफई तथा स्वच्छ खानेपानी सम्बन्धि जनचेतना मूलक कार्यक्रम चलाएको।
- स्थिती नियन्त्रणमा रहेको ।
गुल्मी जिल्लाको मुसिकोटमा फैलिएको झाडापखाला र हुम्ला जिल्लाको ताँजाकोटमा देखिएको रुघाखोकीको पछिल्लो अवस्था (मिति २०७६/०१/१५, बेलुका ६:३० बजे)
- गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न. ४ मा मिति २०७६/०१/१० देखि हाल सम्म जम्मा १९२ जना झाडापखालाका बिरामीहरुको उपचार गरिएको जस मध्ये २५ जनाको मिति २०७६/०१/१५ उपचार गरिएको ।
- ४ वटा बिरामीहरुको दिसाको नमूना र ४ वटा पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको ।
- स्थिती नियन्त्रणमा रहेको ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, दजाकोटमा फैलिएको झाडापखालाको मिति २०७६/०१/१५ को अवस्था:
- झाडापखालाका विरामी मिति २०७६/०१/१० देखि देखा परेको र शुरु भएको ।
- स्वास्थ्य कार्यालय, गुल्मी र मुसिकोट न.पा.बाट Rapid Response Team सहित स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी सहित सो रोगको नियन्त्रण तथा व्यस्थापन गर्न परिचालन भएको ।
- हालसम्म १६७ जना झाडापखालाको विरामीको उपचार भइसकेको ।
- मिति २०७६/०१/१४ गते एक जना १२ वर्षिय बालकको झाडापखालाको कारण स्वास्थ्य संस्थाको सम्पर्कमा नआई घरैमा मृत्यु भएको ।
- ६ जना बिरामीलाई जिल्ला अस्पताल गुल्मीमा रिफर गरिएको र १ जनाको भरतपुर अस्पताल, चितवनको आई.सि.यू. मा उपचार भईरहेको ।
- सो मुहानको पानीको नमूना संकलन गरि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पामा परिक्षण गर्दा प्रशस्त मात्रामा Coliform देखिएको ।
- गुल्मी अस्पतालमा ५ जना विरामीको जाँच गर्दा इन्टामिवा हिस्टोलाइटिका Entamoeba histolytica परजिवी देखा परेको र साथै अरु विरामीको दिसा नमूना र पानीको नमूना संकलन गरि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउदै गरिएको ।
- विरामीहरुलाई स्थानीय स्कुलमा स्वास्थ्य शिविर संचालन गरि उपचार भईरहेको ।
- हाललाई स्थानीयहरुले खानेपानीको बैकल्पिक मुहान प्रयोग गरिरहेको । पानी उमालेर खान सल्लाह तथा सुझाव दिइएको ।
- यस महाशाखाबाट रोग नियन्त्रण तथा व्यवस्थापन गर्न थप परिक्षणको लागि नमूना संकलन गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सक सहितको टोली मिति २०७६/०१/१३ गतेदेखि प्रभावित स्थलतर्फ परिचालन गरिएको ।
- मिति २०७६/०१/१४ गतेका दिन जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, गुल्मी अस्पतालका मे.सु. तथा विश्व स्वास्थ्य संगठनका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुसंग बैठक वसी नियन्त्रणका कार्य अगाडी वढाइएको ।
- स्थिती नियन्त्रणमा रहेको ।